नेदरल्यान्ड्सविरूद्ध नेपालको पाँचौं विकेट गुम्यो

काठमाण्डु टुडे २०८० असार ९ गते १५:११ मा प्रकाशित

काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत जारि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ ।

जिम्बावेको टाकासिंगा क्रिकेट क्लबमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाइसकेको छ। नेपालले पाँच विकेट गुमाईसक्दा २५.२ ओभरमा ५ सय रन पनि कटाएको छैन ।

लगातार विकेट गुमाएसँगै नेपाल दबावमा परेको छ ।ओपनर आसिफ शेख र आरिफ शेख दोहोरो अंकमा रन बनाउन नसकि आउट भए ।कुशल भुर्तेलले २७ रन र भीम सार्कीले पभेलियन पर्किनु अघि २२ रन योगदान गरे ।

कुशल मल्ल १२ रनमा आउट भए । क्रिजमा दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेल छन् । समूह चरणको सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल निर्णायक रहने छ। सुपर सिक्स सम्भावना जिवित राख्न नेपाल आज जित्नैपर्ने दबाबमा छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us