
काठमाण्डु, ९ असार- आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनको विकेट नेदरल्यान्ड्सका बलर भान विकले लिएको हुन् ।
आसिफ शून्य रनमै बोल्ड भएका हुन् । जिम्बाबेको हरारेस्थित टाकाशिङगा स्पोर्टस क्ल्बमा जारि खेलमा आपसफ २ बल खेल्दा शून्यमा आउट भए । सुपर सिक्स्मा स्थान बनाउन नेपालाई आजको खेल जित्नैपर्नै दबाव छ ।
यदि पराजित भए नेपाल समूह ए बाट अमेरिका पछि बाहिरिने दोस्रो टिम बन्ने छ ।