नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो ब्याटिङ गर्ने

काठमाण्डु टुडे २०८० असार ९ गते १३:०२ मा प्रकाशित

काठमाण्डु ,९ असार- आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।

नेदरल्यान्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।

खेलका लागि नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन।समूह चरणको सुरूवाती तीन खेलमध्ये दुई खेलमा हार ब्यहोरेको नेपालका लागि आजको खेल निर्णायक रहने छ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा आयोजक जिम्बावेसँग ८ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा नेपालले अमेरिकामाथि ६ विकेटको जित निकाल्दै महत्वपूर्ण दुई अंक जोड्यो। यहि जितका कारण नेपालको सुपर९सिक्स सम्भावना कामयै बनेको थियो।तेस्रो खेलमा वेस्ट इन्डिजसँग निडर प्रदर्शन गरेको नेपाल १०१ रनले पराजित भयो।

समूहमा वेस्ट इन्डिज र जिम्बावे लगातार दुई जित निकाल्दै सुपर९सिक्स नजिक छन्। नेपाल र नेदरल्यान्ड्स एकदिवसीय खेलमा पाँच वर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन्। अन्तिम खेलमा नेदरल्यान्ड्सले दुई पटकको विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरे नेपाल सुपर९सिक्स नपुग्न सक्छ। त्यतिबेला रनरेटको आधारमा सुपर९सिक्स तय हुनेछ।

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो। पहिलो खेलमा नेपाल ५५ रनले पराजित हुँदा दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो।

१० टिम सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्। समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्। पाँच९पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us