बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड

काठमाण्डु टुडे २०८० असार १ गते १८:११ मा प्रकाशित

काठमाण्डु, १ असार– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०–८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।

आज (शुक्रबार) बसेको प्रदेश सभाको बैठकमा बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गरेका हुन ।

बागमती प्रदश सरकाले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

बागमती प्रदेशले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पूँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको अर्थमन्त्रीले लामाले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us