करका दर लक्षित घरानामा केन्द्रित छैनन् : अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० जेठ २९ गते १३:५६ मा प्रकाशित

काठमाण्डु,२९ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थ पुरा गर्न लक्षित नरहेको बताएका छन । आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन ।

उनले भने, ‘समग्रमा यसको प्रभाव राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउन केन्द्रित छ’ । उनले नेपालमा भ्याट संकुचन हुँदै गएको स्मरण गर्दै उनले भ्याट छुटको दायरा बढ्दै गइरहेकोले यसलाई सच्याउन खोजिएको बताएका छन ।

उनले भने, ‘भ्याटलाई हरेक वर्ष हटाउँदै गयौं, यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभाव भयो, पुनः प्रवेश गराउने प्रयास गरेका छौं ।’

उनले उपभोग्य वस्तुमा कर लगाएको सन्दर्भमा यो आन्तरिक उत्पादनकर्तालाई संरक्षण गर्न उपभोग्य वस्तुमा कर लगाइएको बताएका छन । उनले एकातर्फ आलु रतरकारीमा यति अर्बको आयात भयो भन्ने, अर्कोतर्फ आन्तरिक उत्पादनलाई प्राथमिकता दिँदा आलोचना गरिएको भन्दै गुनासो गरेका छन ।

उनले उत्पादनलाई प्रोत्साहन गर्नु एक यन्त्र कर भएको भन्दै उनले यसले नेपालका उद्योग व्यवसाय विस्तार गर्न मद्दत गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us