
काठमाण्डु,२५ जेठ– विश्व विजेता अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेइन पीएसजीमा दुई सिजन विताएपछि बार्सिलोना फर्कने आकलन गरीएको थियो ।
तर, उनले १८ वर्ष विताएको बार्सिलोना फर्कनुको सट्टा अमेरिकाको मेजर लिग सकर क्लब इन्टर मियामीबाट खेल्ने पक्का गरेका छन ।
प्रक्रिया पूरा हुन बाँकी रहे पनि उनले मियामीबाटै खेल्ने निश्चित भइसकेको छ ।बार्सिलोनामै फर्कनुपर्ने समर्थकको चहनाविपरीत मियामीलाई रोज्नुका लागि मेस्सीले परिवारको खुसी, भविष्य र व्यवहारिकतालाई हेरेको बताएका छन ।
उनले भने, ‘क्लब छोडेपछि म त्यहि पोजिसन पुन फर्कन चाहन्नथेँ । मैले मेरो भविष्य अर्काको हातमा छोडीरहेको थिएँ,’ ‘मैले मेरो र मेरो परिवारको बारेमा सोचेर आफ्नो निर्णय लिन चाहन्थें ।
हुन त बार्सिलोनाले पेस गरेको आर्थिक गतिविधी ला लिगाले स्वीकृत गरिसकेको थियो । मलाई फर्कन पनि ठिकै थियो, तर पनि अझै अन्य धेरै कुरा समधान गर्न बाँकी नै छ ।’
मेस्सी भित्र्याउनका लागि बार्सिलोनाले केहि खेलाडी बेच्नुपर्ने अवस्था रहेको भन्नेबारे आफूले सुनेकोसमेत मेस्सीले उनले बताएका छन ।
‘अन्य खेलाडीको तलब कटौती गरेर म उक्त क्लबमा आबद्ध हुन चाहन्नथें,’ बार्सिलोनामा आफ्नो कार्यकालको अन्त्यतिर व्यवस्थापनसँगको विवादमा फसेका मेस्सीले थपे, ‘सत्य के हो भने बार्सिलोनामा हुँदा मलाई धेरै गलत आरोपहरु लागेको थियो । म ती कुराहरुबाट थाकिसकेको थिएँ । त्यसैले पनि पुनः ती झन्झटमा पर्न चाहन्नथें ।’