नेप्से ३८ अंकले घट्यो, कारोबार रकम २ अर्ब बढी

काठमाण्डु टुडे २०८० जेठ १७ गते १५:५१ मा प्रकाशित

काठमाण्डु, १७ जेठ- साताको चौंथो दिन बुधबार नेप्से नेप्से परिसूचक ३८.८३ अंकले घटेर १८४९.७९ बिन्दुमा कायम भएको छ ।

आज ८७ लाख ३६ हजार १२८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।

लगातर बजार घटेपनि कारोबार भने घटेको छैन । कारोबारका आधारमा आज सर्वाधिक आफा कमाउनेमा सकारात्मक सकिर्टका साथ आतमनिर्भर लघुवित्त वित्तीय संस्था, माइखोला हाइड्रपावर, सिटिजन म्युचअल फण्ड १ पिपुल्स पावर लिमीटेड रहेका छन् ।

सर्वाधिक गुमाउनेमा नकारात्मक सकिर्टका साथ यूनिलिभर नेपाल लिमिटेड, एसीयन हाइड्रोपावर लिमीटेड, यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र दोरी खोला जलविद्युत कम्पनी रहेका छन ।

यस्तै, उपसमूतर्फ आजपनि सबै समूहको सेयरमुल्य घटेको छ । बुधबार बजार पुँजिकरण भने २७ खर्ब रुपैयाँ रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us