सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने

काठमाण्डु टुडे २०८० जेठ १६ गते १८:०६ मा प्रकाशित

काठमाण्डु, १६ जेठ- एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने नेपाल टिममा सन्दीप लामिछाने अनुपस्थित हुने भएका छन् ।

नाबालीका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानले जानएको छ।

जिम्बाव्वेमा हुने एकदिवशीय विश्वकप छनोटका लागि वातानुकुलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ । ।विश्वकप छनोटका लागि प्रशिक्षक मोन्टी देशाईले घोषणा गरेको १६ सदस्यीय टिममा सन्दीप पनि छन् ।

प्रक्रिया पूरा भएमा विश्वकप छनोट प्रतियोगितासम्म उनलाई टिममा समावेश गरिने नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

काठमाण्डु जिल्ला अदालतमा मंगलबार पनि सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ भएको थियो । न्यायाधीश शंकरबहादुर राईले पीडितको तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गरी दिएको निवेदनउपर सुनुवाई गरेपछि मात्र मूल मुद्दाको सुनुवाइ गर्ने बताएपछि रोकिएको हो ।

पछिल्लो केहि महिनादेखि उनीविरुद्धको मुद्दा नियमित पेशीमा चढिरहे पनि अन्तिम सुनुवाइ र फैसला हुन ढिला भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us