टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालको जित

काठमाण्डु टुडे २०८० जेठ १६ गते १३:१७ मा प्रकाशित

काठमाण्डु,१६ जेठ- मलेसियासँगको टी-२० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपालले जित हात पारेको छ ।

पाँच टी–२० खेलको शृंखलाअन्तर्गत मंगलबार भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १७।३ ओभरमा पार गर्यो।

नेपालको लागि कप्तान रुविना क्षेत्रीले २१ बलमा ३ चौका र १ छक्का प्रहारसहित अविजित २९ रन बनाइन् ।

मलेसियाका लागि एइसा इलिसा, निक नुर अटिएला र विनीफ्राइडले १९१ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ५ विकेट गुमाएर ९७ रनकोयोगफल बनाएको थियो ।नेपालकी कप्तान रुविना क्षेत्रीले २, कविता कुँवर र इन्दु बर्माले एक९एक विकेट लिइन् ।

नेपालको जितसँगै पाँच खेलको सिरिजमा १(१ को बराबरी भएको छ। यसअघि सोमबार भएको पहिलो खेलमा घरेलु टिमले नेपाललाई ५ विकेटले हराएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us