
काठमाण्डु, १५ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने बताएका छन ।
आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन । उनले यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको बताएका छन ।
उनले आगामी आर्थिक वर्ष ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइने बताएका छन ।