रासायनिक मलमा दोब्बर बजेट

काठमाण्डु टुडे २०८० जेठ १५ गते १७:३० मा प्रकाशित

काठमाण्डु, १५ जेठ– सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष २०७९र८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले जानकारी दिएका छन ।

आर्थिक वर्ष २०७८र७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७र७८ मा ११ अर्ब रुपैयाँ रासायनिक मल खरिद लागि बजेट विनियोजन गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us