साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोड: अर्थमन्त्री महत

काठमाण्डु टुडे २०८० जेठ १५ गते १६:४६ मा प्रकाशित

काठमाण्डु, १५ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन ।

आज (सोमबार) आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन । उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताएका छन ।

उनले संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै रूस–युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताएका छन । उनले उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताएका छन ।

उनले मुद्रा स्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको बताउका छन । उनले पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us