दुई बजे प्रहरी सम्पर्कमा आउने बताएका रायमाझी अझै बेखबर

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १६:२५ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– नेपाल प्रहरीलाई आज बिहीबार दिउँसो २ बजे आफैं सम्पर्कमा आउने बताएका एमाले सचिव टोपबहादुर रायमाझी सम्पर्कविहीन बनेका छन् ।

उनी अझै सम्पर्कमा आइनपुगेको प्रहरीले जानकारी दिएको छ । उनको अन्तिम लोकेसन भैरहवा देखिएको छ। त्यसपछि उनी सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ ।

पूर्वमन्त्रीका रुपमा उनले पाउने पर्सनल सेक्युरिटी अफिसर लाई काठमाण्डुमै छाडेका छन्। आफू जिल्लातिर लाग्दा उनले पीएसओलाई यतै बस्न भनेका हुन्। रायमाझीले बुधबार रातिदेखि फोन अफ गरेका छन्।

उनका छोरा सन्दीप रायमाझीलाई भने प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको प्रकरणमा रायमाझीका बाबुछोरालाई प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us