नवनियुक्त तीन जना मन्त्रीले लिए शपथ

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (बिहिबार) राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको शपथ खुवाएका हुन ।

नेपालको संविधानको धारा ८० बमोजिम राष्ट्रपति पौडेलले उनीहरुको शपथ गराएका हुन् । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपतिले तीन जना मन्त्रीलाई नियुक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us