
काठमाण्डु, २१ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्तावबारे आफूलाई अनविज्ञ भएको बताएका छन् ।
अध्यक्ष ओलीले रास्वपाका सभापति लामिछानेलाई प्रधानमन्त्रीको अफर नगरेको बताएका छन । आज बिहिबार सिंहदरबारमा प्रधानमन्त्रीसँगको भेटपछि बाहिरिदै उनले भने, ‘मैले अखबारहरूमा पढेँ, अरु मलाई थाहा छैन ।’
रवि लामिछानेलाई तपाईंले प्रधानमन्त्रीको अफर गर्नु भएको हो ? भन्ने प्रश्न गरेका थिए । जबाफमा उनले यस्तो बताएका हुन ।