नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरौं, राजनीतिकरण नगरौं: उपमहासचिव रिमाल

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १५:४२ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– एमाले उपमहासचिव विष्णु रिमालले नक्कली शरणार्थी प्रकरणमा निर्दोष फस्ने र दोषी उम्कने अवस्था आउन नहुने बताएका छन ।

प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरूद्ध नै पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन । उनले छानबिनमा सहयोग गर्ने बताएका छन ।

उनले भनेका छन, ‘भुटानी शरणार्थी प्रकरणमा होस् वा अन्य कुनै, कानुनभन्दा माथि कोही हुँदैनन्। उन्मुक्ति कसैलाई पनि हुनुहुन्न।

निर्दोष नफसून्, कोही दोषी नउम्किऊन्’ छानबिन हुनुपर्छ, छानबिनमा सबैले सहयोग गर्नुपर्छ। यस्ता घटनालाई राजनीतिकरण गर्नुहुन्न। कानुनको पालना सबैले गर्नुपर्छ।

नेपाली नागरिकलाई नक्कली कागजात खडा गरेर भुटानी शरणार्थी बनाउने प्रकरणमा उच्च पदस्थमाथि अनुसन्धान सोझिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us