यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिन्छु: मुख्यमन्त्री पाण्डे

काठमाण्डु टुडे २०८० वैशाख २१ गते १५:०६ मा प्रकाशित

काठमाण्डु, २१ वैशाख– गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यसअघिका मुख्यमन्त्रीले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन ।

आज (बिहीबार) प्रदेशसभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन । मुख्यमन्त्री पाण्डेले यसअघिका सरकारले गरेका राम्रा कामको निरन्तरता दिने बताएका छन ।

उनले भने, ‘गण्डकी प्रदेशमा यसअघि गठन भएका तीनवटै सरकारबाट प्रदेशलाई स्थापित गर्न प्रशस्त प्रयास भएका छन् । यसलाई निरन्तरता दिँदै जनअपेक्षा पूरा गरी सरकारप्रति सकारात्मक भावना विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नेछ’ ।

उनले प्रदेशवासीको विकास र समृद्धिको आकांक्षा पूरा गर्न सहयोग गर्ने पनि बताएका छन । प्रदेशको समुन्नतिको लागि विगतका सरकारहरूले थालनी गरेका आयोजना तथा कार्यक्रमहरु समयमै सम्पन्न गर्ने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us