नेपाल १५७ रनमै अलआउट

काठमाण्डु टुडे २०८० वैशाख १४ गते १३:१३ मा प्रकाशित

काठमाण्डु,१४ वैशाख– एसीसी प्रिमियर कप क्रिकेमा नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब प्रदर्शन गरेको थियो ।

लगातार विकेट गुमाएको नेपालले ४०।३ ओभरमा सबै विकेटमा सबै विकेट गुमाएर १५७ रन बनाउन सफल भएको थियो ।

नेपालका दशौं नम्बरमा आएका सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाएका थिए । ५८ बलको सामना गरेका उनले ६ चौका प्रहार गरेका थिए ।

कप्तान रोहितकुमार पौडेलले २७ रन बनाए भने आसिफ शेखले १९ रन बनाएका थिए । दीपेन्द्र सिंह ऐरी १२, सोमपाल कमी र आरिफ शेख ११र११ रनमा आउट हुँदा अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

कतारका अमिर फारुकले ४ विकेट लिंदा ओवाइस अहमदले तीन विकेट आफ्नो नाममा लेखाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us