ओडिआईमा कुशल मल्लको पहिलो शतक

काठमाण्डु टुडे २०८० वैशाख ८ गते १२:१५ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख– नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले पहिलो शतक प्रहार गरेका हुन ।

कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा गरेका छन । उनले ९ चौका र ९ छक्का प्रहार गरेका छन ।

३७औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै कुशल मल्लले शतक पूरा गरेका हुन । कुशल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बनेका छन ।

यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us