
काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपमा आयोजक नेपालले पाहुना टोली मलेसियामाथि शानदार जित निकालेको छ ।
आज मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाएका थिए । कुशल मल्ल ७० रनमा नट आउट रहे ।
रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भएका थिए । यसअघि कप्तान अहमद फैज र विरन्दीप सिंहले शतकीय साझेदारी गरेपछि मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३५ रन बनाएको थियो ।
अहमद फैज र विरन्दीपले दोस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे । फैजले ९५ बलमा ८ र १ छक्का प्रहार गरी सर्वाधिक ७६ रन बनाएका थिए । विरन्दीप ९४ बलमा ४६ रन जोडे । उनले २ चौका प्रहार गरेका थिए ।
ओपनर मुहम्मद अमिर १७ रन बनाएर आउट भएका थिए । त्यसबाहेक अजार हायतले २२, मुहम्मद वाफिकले २१ र मुहमद सहादतले १५ रन बनाएका थिए । मलेसियाले १२ रन अतिरिक्तबाट पाएको थियो ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३–३ विकेट लिएका थिए । सोमपालले ९ ओभरमा ४० रन खर्चिए भने सन्दीपले १० ओभरमा १ मेडन राख्दे ४८ रन बनाएका थिए ।