नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

काठमाण्डु टुडे २०८० वैशाख ५ गते १३:०२ मा प्रकाशित

काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको थियो ।

यसै वर्ष पाकिस्तानमा हुने एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी रहेका छन ।

सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ । नेपालसँगै समूह ‘ए’मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार रहेका छन ।

समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन । प्रतियोगिताको विजेताले एसिया कपमा स्थान बनाउनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us