
काठमाण्डु,५ वैशाख– एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले पाँचौं विकेट लिएको छ। सोमपाल कामीले व्यक्तिगत पहिलो विकेट लिँदै नेपाललाई पाँचौं सफलता दिलाएका छन ।
सोमपालले साइद अजिजलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका छन । साइदले १४ बलमा १३ रन बनाएका थिए ।
पहिलो विकेट सस्तैमा गुमाएको मलेसियाले दोस्रो विकटमा राम्रो साझेदारी गरेको थियो। त्यसपछि नेपाल लगातार ४ विकेट लिन सफल भएको छ ।
नेपालका लागि पहिलो विकेट गुल्सन झा, दोस्रो विकेट सन्दीप लामिछाने र तेस्रो तथा चौथो विकेट ललित राजवंशीले लिएका थिए। मलेसियाका लागि कप्तान अहमद फेज ७६ रन बनाएर आउट भएका छन ।
९५ बल खेलेका उनले ८ चौका र एक छक्काको मद्दतले ७६ रन बनाउन सफल भएका हुन । उनलाई भिरनदिप सिंहले साथ दिएका थिए। सिंह ४६ रन बनाएर आउट भए।