राष्ट्रियसभा बैठक: वार्षिक प्रतिवेदन कार्यान्वयनमा केन्द्रित नभएको भन्दै सरकारप्रति असन्तुष्टि

काठमाण्डु टुडे २०८० वैशाख ४ गते १३:५० मा प्रकाशित

काठमाण्डु, ४ वैशाख– राष्ट्रियसभा बैठक जारी छ । बैठक सुरु भएलगत्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५र०७६, ०६७र०७७ र ०७७र०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवम् मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको छ ।

आज (सोमबार) बसेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले सो प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी छन ।

प्रस्ताव प्रस्तुत गर्दै समितिकी सभापति थापाले समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनमा केन्द्रित नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us