
काठमाण्डु, ३ वैशाख- राष्ट्रपति रामचन्द्र पौडेलले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन्।
आगामी वैशाख १० गते बारा९२ , तनहुँ९१ र चितवन९२ मा उपनिर्वाचन हुदै छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुको सिफारिसमा राष्ट्रपति पौडेलले सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रधानमन्त्रीज्यूको पत्रको आधारमा वैशाख १० गते हुने उपनिर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा २ बमोजिम स्वीकृति प्रदान गर्नु भएको छ।’
उपनिर्वाचन वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा हुँदैछ ।