
काठमाण्डु ,३ वैशाख- आज वायु प्रदुषण धेरै भएका विश्वका सहरहरूको सूचीमा काठमाण्डु उपत्यका विश्वको पहिलो नम्बरमा आएको छ।
संसारभरिका सहरको वायु प्रदुषणको मात्रा नाप्ने आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाण्डु एक नम्बरमा आएको हो । देशका विभिन्न स्थानमा लागेको डढेलोका कारण आइतबार काठमाण्डु उपत्यकाको प्रदूषण तह २१८ पुगेको देखाएको छ ।
दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ। उक्त सहरको एयर क्वालिटी इन्डेक्स १८३ छ। वातावरण विभागको तथ्यांकअनुसार अहिले सबैभन्दा धेरै वायु प्रदुषण शंखपार्क क्षेत्रमा छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ।
तराईसहितका शहरमा दिउँसो प्रदूषण घटे पनि काठमाण्डु उपत्यकामा थिग्रिएको प्रदूषणका कण बाहिरी निस्किन नसक्दा बाह्य वातावरण खराब बनेको वातावरणविदहरुको भनाई छ ।