सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित वृद्धाको मृत्यु

काठमाण्डु टुडे २०८० वैशाख ३ गते १२:५३ मा प्रकाशित

काठमाण्डु ,३ वैशाख-कैलालीमा कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ ।

आइतबार बिहान भिमदत्त नगरपालिकाकी ७३ वर्षीया वृद्धाको उपचारको क्रममा निधन भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। मुटुको बिरामी रहेकी उनलाई चैत २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

अस्थायी कोरोना अस्पतालमा आइसियुमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us