
काठमाण्डु,३ वैशाख- एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले आगमी १० वैशाखमा बारा-२ मा हसने उपनिर्वाचनमा एमालेको जित सुनिश्चित भएको बताएका छन बताएका छन् ।
आज (आइतबार) चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर भएका् बताएका छन । उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरूको दिन अब सकिएको बताएका छन ।
उनले बारा-२ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताएका छन । उनले भने, ‘बारा-२ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाए, यो सबै यसअघि जितेकाहरूले काम नगर्दाको परिणाम हो’ ‘अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउनेछ ।’
उनले बारा-२ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रूपमा प्रयोग गर्न केही नेताहरू चुनावी मैदानमा देखिएको अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने बताएका छन।
उनले बारा २ का जनता सचेत रहेको र क्षेत्रको विकासका लागि काम गर्ने नेता चयन गर्न योग्य रहेको समेत बताएका छन ।