परराष्ट्रमन्त्रीमा एनपी साउद

काठमाण्डु टुडे २०८० वैशाख २ गते १८:१८ मा प्रकाशित

काठमाण्डु,२ वैशाख– कांग्रेस केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ । उनले भोलि शपथ लिने तय भएको छ ।

सत्ता गठबन्धनबीच भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । तर आन्तरिक भागवण्डा नमिलेका कारण १७ चैतको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसले चार जना मात्र मन्त्री पठाएको थियो ।

थप एउटा मन्त्रालय लिएर भागवण्डा मिलाउने प्रयास भइरहेपनि कांग्रेसले बाँकी मन्त्रीको नाम एकै पटक पठाउन भने सकेको छैन ।

उपचुनावअघि साउद परराष्ट्रमन्त्री बन्ने छन् । उनको शपथ भोलि दिउँसो ३ बजेका लागि तय भएको स्रोतले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us