
काठमाण्डु,२ वैशाख– एमाले नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने १० वैशाखमा हुने उपनिर्वाचनमा चितवन–२ बाट पराजित हुने बताएका छन ।
उनले लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने बताएका छन । आज शनिबार काठमाण्डुमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको बताएका छन । उनले भने, ‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो ।
यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ’ ।
उनले विगतमा एमाले नेता कृष्णभक्त पोखरेलले राम्रो काम गरेका र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने युवाहरुको बीचमा लोकप्रिय रहेकाले आफूहरुले जित्ने बताएका छन ।
आगमी १० वैशाकमा चितवन २ मा हुने उपनिर्वाचनका लागि कांग्रेसबाट जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसहित २६ उम्मेदवारले प्रतिस्पर्धामा सहभागी भएका छन् ।