
ताप्लेजुङ,२ वैशाख– ताप्लेजुङको तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर एकको मृत्यु भएको छ ।
मूत्यु हुनेमा आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङ रहेका छन । आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए ।
आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।
घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिएका छन ।