उद्योग वाणिज्य महासंघको नेतृत्व चुन्न पुनः निर्वाचन हुने

काठमाण्डु टुडे २०७९ चैत ३० गते ११:२५ मा प्रकाशित

काठमाण्डु, ३० चैत– नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मतभार नकटेपछि पन दोस्रो चरणको निर्वाचन हुन भएको छ ।

दोस्रो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत पाएका दुई उम्मेदवार रामचन्द्र संघाई र अन्जान श्रेष्ठबीच प्रतिस्पर्धा हुने देखीएको छ । अध्यक्ष पदमा संघाई, श्रेष्ठसँगै र उमेशलाल श्रेष्ठ पनि प्रतिस्पर्धामा रहेका थिए ।

अहिले २० प्रतिशत मतभार रहेको वस्तुगत तर्फको मतगणना रहेको छ । ८० प्रतिशत मतभारको गणना सकिंदासम्म अहिलेसम्म ५० प्रतिशत मतभार कुनै उम्मेदवारको कटेको सकेका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us