
काठमाण्डु,२८ चैत– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन ।
आज (मंगलबार) नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
उनले भने, समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन् । ’ उनले बैंकिङ क्षेत्रको स्वास्थ्यको विषयमा प्रश्न उठ्ने गरेको तर्फ संकेत गरेका थिए ।
उनले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताएका छन । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनले जानकारी दिएका छन ।
उनले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको बताएका छन । उनले सूचक सुधार हुँदा पनि ब्याजदर केही माथि भएको भए पनि फागुनदेखि बेसरेट घट्दो दरमा पुगेको बताएका छन ।
उनले पूँजी पर्याप्तता नियामकीय व्यवस्था भन्दा माथि रहेको र निष्क्रिय कर्जा केही बढेपनि धेरै माथि नपुगेको पनि बताएका छन ।
उनले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने बताएका छन ।उनले बैंकर र व्यवसायीले आगामी दिनमा उच्च मनोबलका साथ काम गर्ने बताएका छन ।