
काठमाण्डु,२८ चैत– प्रहरीले झापाबाट बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको बोक्से घर भएर मेची नगरपालिका–११ धुलाबारी बस्ने ४१ वर्षीय चोलाराज भुजेल रहेका छन ।
उनलाई सोमबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय झापाले जानाएको छ । भुजेलले २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ ।
कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा लगेर उनले बलात्कार गरेको पीडितको आरोप छ । घटनाबारे इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।