
एजेन्सी– बलिउड अभिनेता सलमान खानलाई पुनः एक पटक धम्कीपूर्ण फोन आएको छ । फोन गर्ने व्यक्तिले सलमानलाई ३० अप्रिल हत्या गरिदिने बताएका छन ।
उक्त फोन सोमबार राती ९ बजे आएको हो । १० अप्रिलमा सलमान खानले आफ्नो आउँदो फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर रिलिज गरेका थिए ।
ट्रेलर लन्च भएको रात मुम्बई प्रहरीको कन्ट्रोल रुममा सलमानको विषयमा एक धम्कीपूर्ण फोन आएको थियो । फोन गर्ने व्यक्तिले आफ्नो परिचय जोधपुरको गाई रक्षक रकी भाइको बताएका छन ।
ती व्यक्तिले प्रहरीलाई फोन गरेर ३० अप्रिलमा सलमानको हत्या गरिदिने बताएका छन । मुम्बई प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ ।