नरेश खरेलले गरे एमाले परित्याग

काठमाण्डु टुडे २०७९ चैत २७ गते १८:१२ मा प्रकाशित

काठमाण्डु,२७ चैत– एमालेका पुराना नेता नरेश खरेलले आज सोमबार पार्टी परित्याग गरेका छन । सोमबार बक्तव्य सार्वजनिक गर्दै खरेलले इमान्दार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन ।

खरेलले पञ्चायतको समयमा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा लामो समय जेलजीवन बिताएका थिए । १७ वर्ष जेल बसेका खरेलले २०३३ सालमा नक्खु जेलब्रेक गरेका थिए ।

‘एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरु आजदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दछौं’ बक्तव्यमा उल्लेख छ ।

खरेल एमाले नेतृत्वसँग असन्तुष्ट थिए भने खरेलप्रति एमाले नेताहरु पनि सकारात्मक रहेका थिएनन् । लामो राजनीतिक संघर्ष भएपनि खरेलले पार्टी केन्द्रीय सदस्यको चाहना राखेका थिए ।

तर विवादास्पद दुर्गा प्रसाईंसम्म एमाले केन्द्रीय सदस्य मनोनीत हुँदा खरेललाई एमाले नेतृत्वले समेटेको थिएनन् । सक्रिय राजनीतिको चाहना हुँदाहुँदै सल्लाहकारमा राखिएकोमा खरेल असन्तुष्ट थिएनन् ।

सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us