थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ चैत २६ गते १७:५० मा प्रकाशित

काठमाण्डु ,२६ चैत -पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

थप १ हजार २१६ जनाको नमुना परीक्षण हुँदा पीसीआर विधिबाट ५० जना र एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

यस सगैं पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ९६ पुगेको छ । यता पछीलो २४ घन्टाको अवधिमा थप ११ जना सङ्क्रमणमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us