
काठमाण्डु,१८ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विश्वकै स्पोर्टर्स् हबु का रुपमा विकास गर्न सकिने बताएका छन ।
आज (शनिबार) बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै उनले यस्ता बताएका हुन ।
प्रधानमन्त्री प्रचण्डले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन । उनले भने, ‘पछिल्लोसमय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु।
खेलाडीहरूलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीहरुको मनोबद बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषयहरु सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु। खेल क्षेत्रमा नेपाललाई विश्वकै हव बनाउन सकिन्छ भन्ने ठानेर नै दिएको हुँ।’
संविधानले केन्द्र, प्रदेश र स्थानीय सरकारको स्पष्ट कार्यक्षेत्र तोकेको छ। तर त्यसअनुसार संघीय ऐनहरू बनिसकेका छैनन्। सरकारको ध्यान छिटोभन्दा छिटो संघीय ऐनहरुलाई पूर्णता दिनेमा छ। संघीय निजामती ऐन लगायतका ऐनहरू छिटो पारित गरेर संविधानको व्यवस्थित कार्यान्वयनमा जान्छौँ’ ।