
काठमाण्डु, १७ चैत– नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालय शीतल निवासले जानकारी दिएको छ । लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता पाउने भएको छ ।
सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइसकेका छन् ।
कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २–२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक÷एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।