
काठमाण्डु, १३ चैत– काठमाण्डुको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङ रहेका छन ।
शङ्खरापुर नगरपालिका–१ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट तामाङको गएराति मृत्यु भएको प्रहरीले बताएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको काठमाण्डु उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि शङ्खरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले जानकारी दिए ।