उपराष्ट्रपति यादव आज बारा जाँदै

काठमाण्डु टुडे २०७९ चैत १२ गते ११:३३ मा प्रकाशित

काठमाण्डु, १२ चैत -उपराष्ट्रपति रामसहाय यादव आज बारा जाने भएका छन् ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनी आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिवालयले जनाएको छ ।

गढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम समेत राखेको छ । त्यस्तै भोलि चैत १३ गते उनले बाराकै करैयामाइको दर्शन गने कार्यक्रम रहेको छ ।

सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उनलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । त्यही दिन उनले कचोर्वास्थित आफ्नो निवासमा जाने कार्यक्रम तय भएको निजी सचिवालयले जनाएको छ ।

आफ्नो निवासमा नागरिक समाजका अगुवा तथा आफन्तलाई भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । उनी १४ गते काठमाण्डुफर्किने कार्यतालिका तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us