प्रधानमन्त्री प्रचण्डले आज सत्ता साझेदार दलसँग छलफल गर्ने

काठमाण्डु टुडे २०७९ चैत १२ गते ११:२७ मा प्रकाशित

काठमाण्डु ,१२ चैत -प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् ।

आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् ।

‘आज बेलुका प्रधानमन्त्रीज्युले सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । शीर्ष तहमा प्रधानमन्त्रीज्युले परामर्श गरेपछि भोलि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘सरकारमा जाने दलहरुको टुंगो लागिसकेको छ । कसले कुन मन्त्रालय लिने भन्नेमा फाइनल गर्नुपर्ने छ ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस आठ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २ मन्त्रालय लिनेगरी छलफल भइरहेको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिनेगरी छलफल चलेको छ । एक सिटे दललाई सहभागी नगराउन सत्ता साझेदार दलका नेताहरुले प्रधानमन्त्रीलाई दबाब दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us