माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

काठमाण्डु टुडे २०७९ चैत ११ गते १६:३४ मा प्रकाशित

काठमाण्डु,११ चैत– नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्ने नेता हरुले बताएका छन ।

बैठकमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बसेको एक नेताले जानकारी दिएका छन । सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधिमात्र रहेका छन ।

नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us