कुशल भुर्तेलको अर्धशतक पूरा

काठमाण्डु टुडे २०७९ चैत २ गते १५:१३ मा प्रकाशित

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाउन सफल भएका छन ।

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले १६ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । कुशलले ३२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरेका छन ।

१६ ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर ९८ रन बनाउन सफल भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us