
काठमाण्डु,२९ फागुन– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आग्रह गरेका छन । आज सोमवार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन ।
उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले सोही अनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताएका छन ।
उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने पनि बताएका छन । त्यस्तै विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि घट्ने भन्दै उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताएका छन ।
वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त हुने उनले बताएका छन । उनले भने, ‘ लगानी सँगै हाम्रो खपत बढाउने कार्य योजना अन्तर्गत विद्युतीय सवारी साधनहरू आइरहेको छ, त्यसको लागि विद्युतीय सवारी साधन प्रयोग सबैले गरिदिनुहुन आह्वान गर्छु’ ‘विद्युतीय सवारी साधन प्रयोग गरौँ ।
त्यसले दुई वटा काम गर्छ । एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेसन कस्टमा, विद्युतीय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ ।
विद्युतीय सवारी साधन चल्दा प्रदूषण पनि हट्छ । वातावरणको हिसाबले, स्वास्थ्य सुरक्षाको हिसाबले उपयुक्त सवारी साधन भनेको विद्युतीय सवारी साधन नै हो ।’