सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई चौथो सफलता

काठमाण्डु टुडे २०७९ फागुन २९ गते ११:१२ मा प्रकाशित

काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध चौथो सफलता प्रप्त गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिन सफल भएका छन । सन्दीपले २० औं ओभरको पहिलो बलमा असाड भाललाई क्याच आउट गराएका हुन् ।

भालले २० रन बनाएका थिए । यसअघि सन्दीपले १४ औं ओभरको अन्तिम बलमा सेसे बाउको विकेट लिँदै नेपाललाई तेस्रो सफलता दिलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us