
काठमाण्डु , ५ साउन – नेपाल दूरसञ्चार कम्पनी र सामसुङको नेपाल अधिकृत विक्रेता इन्टरनेसनल मार्केटिङ सर्विसेज बीचमा सामसुङ कम्पनीका ६ प्रकारका मोबाइल सेटमा विशेष छुट दिने योजना सार्वजनिक गरेका छन् ।
कम्पनीका सिम कार्ड तथा सामसुङका मोबाइल सेटको खरिदमा १५ प्रतिशत छुट तथा छ महिना बराबरको डाटा उपलब्ध हुने दुवै संस्थाद्वारा संयुक्त रूपमा सोमबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।
योजना खरिद गरिएका मोबाइल सेटहरू सामसुङ गुरु, सामसुङ लकोटा, सामसुङ ट्रेन्ड, सामसुङ कोर, सामसुङ ग्यालेक्सी एस थ्री र ट्याव थ्रीमा एक वर्षको वारेन्टी हुने छ । सो योजना तीन वर्षसम्मका लागि कायम रहने जानकारी दिइयो ।
कम्पनीका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले कम्पनीका हालसम्म एक करोड दुई लाख ग्राहक पुगेका जानकारी दिँदै ग्राहकलाई थप गुणस्तरीय सेवा दिनका सामसुङ कम्पनीसँग सहकार्य गरिएको बताए ।