
काठमाण्डु,२३ फागुन– फुटबल खेलाडी अञ्जन विष्ट यस वर्षको उत्कृष्ट खेलाडी बनेका छन । आज मंगलबार नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डुको प्रज्ञा भवनमा एक कर्याक्रममा उनलाई सम्मान गरेको हो ।
उनलाई गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरेको हो ।
यो विधामा फुटबलका विष्टसहित किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी तथा ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए । उनीहरुलाई पछि पार्दै अवार्ड हात पारेका अञ्जनले विश्वकप छनोटमा चाइनिज ताइपेईविरुद्ध गोल गरेका थिए ।