
दोलखा ,२३ फागुन– दोलखामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित आज दिउँसो नाम्दुबाट मैनापोखरी जादै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते मध्ये ७ जानाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परी घाईते भएका सबैलाई उपचारका लागि वैतेश्वर अस्पतालमा लगिएको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक तामाङले जानकारी दिएका छन । बोलेरो बिच सडकमा पल्टिएको छ ।