काठमाण्डु, २२ फागुन– दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत विदेशमा हुने अन्तिम सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पाँचौ विकेट पनि गुमाएको छ । नेपालका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप २७ रन बनाएर आउट भए ।
उनले ४० बल खेलेर २७ रन बनाएका छन । उनीसँगै क्रिजमा रहेका भिम सार्की ३८ रन बनाएर त्रिजमा रहेका छन । नेपालले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२८ रन बनाएको छ ।