रोनाल्डिन्होका छोरा बार्सिलोनामा अनुबन्ध

काठमाण्डु टुडे २०७९ फागुन १९ गते १४:०५ मा प्रकाशित

एजेन्सी– बार्सिलोनाकापूर्वस्टार खेलाडी रोनाल्डिन्होका छोरा जाओ मेन्डेस बार्सिलोनाको यू–१९ टोलीमा अनुबन्ध भएका छन् । क्याटलान क्लब बार्सिलोनाले मेन्डिसलाई अनुबन्ध गरेको जानकारी दिँदै उनी लामो समयदेखि बार्सिलोनाको ए टिमसँग प्रशिक्षण गरिरहेको जनाइएको छ ।

उनको सफल ट्रायलपछि बार्सिलोनाले अनुबन्ध गर्ने निर्णय गरेको हो । मेन्डिसले एक वर्षसम्मको सम्झौता गरेका छन् । १८ वर्षीय मेन्डिस १९ वर्ष पूरा भएसँगै सम्झौता रद्द हुन्छ ।रोनाल्डिन्होले पनि बार्सिलोनामा रहेर २०७ खेल खेल्दै ९४ गोल गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us